जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले दशै, तिहार लगायतका चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाउदै छ । चाडपर्वमा हुनसक्ने सम्भावित घटना, दुर्घटना तथा अपराधिक गतिविधि रोक्न र सुरक्षा व्यवस्थालाई चुस्त–दुरुस्त बनाउन विशेष सुरक्षा योजना बनाईने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख एवम प्रहरी नायब उपरिक्षक दिपक बहादुर केसीले बताए ।
‘चाडपर्वका समयमा सवारी चाप बढ्नाले दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्छ । भिडभाड पनि बढी हुने भएकाले चोरी डकैती, लुटपाट, झैझगडा लगायतका आपराधिक गतिविधि हुनसक्ने भएकाले त्यसको रोकथाम र न्यूनीकरणको लागि हामी विशेष योजना बनाएरै अघि बढ्छौं ।’ प्रनाउ केसीले बताए ।
चाडपर्वलाई सुरक्षित, शान्तिपूर्ण र मर्यादित बनाउन यो समयमा रिजर्भमा रहेको फोर्सलाई समेत परिचालन गरी साविक भन्दा बढी सुरक्षाकर्मी संख्या बढाइने ओखलढुंगा प्रहरी प्रमुख केसीले जानकारी दिए ।
प्रतिक्रिया