कोशी प्रदेशका वन वातावरण तथा पर्यटन मन्त्री पाँचकर्ण राईले वर्तमान सरकारले विश्वासको मत प्राप्त गर्ने बताएका छन् ।
वर्तमान कोशी सरकारले विश्वासको मत प्राप्त गर्ने सम्भावना बलियो बनेको मन्त्री राईले बताए । नेकपा एमाले जिल्ला कमिटी ओखलढुंगाले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री राईले यस्तो बताएका हुन् ।
वर्तमान मुख्यमन्त्री हिक्मत कुमार कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिनेबारे अरु दलहरुमा पनि छलफल चलेको मन्त्री राईको दाबी छ । आवधिक निर्वाचनमा जानुभन्दा एमाले नेतृत्वको सरकारलाई सहमतिको सरकार बनाउने बारे एकजु्ट हुन उनले आग्रह गरेका छन् ।
डिभिजन वन कार्यालयहरुको अनुगमन गर्ने क्रममा मन्त्री राई ओखलढुंगा आइपुेका हुन् । वर्तमान प्रदेश सरकारले आउदो असोज २० गते भित्र विश्वासको मत लिनुपर्ने छ ।
प्रतिक्रिया