नेपाल विद्या भूषणबाट ओखलढुंगाका पाँच सहित ९६२ जना विभूषित भएका छन्। सरकारले राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याउने ९६२ जनालाई विद्या भूषणबाट विभूषित गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार विभूषित हुनेहरूको नामावली प्रकाशन गरेकोमा ओखलढुंगाका पनि पाँच जना परेका छन् । जसमा विं.सं २०७८ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानून बिषयमा विद्यावारिधि गरेका अर्जुन कुमार खड्का, २०७६ सालमा नेपाल संस्कृत विश्वविद्यालयबाट नेपाली बिषयमा विद्यावारिधि गरेका गोपीकृष्ण गौतम, २०७४ सालमा नेपाल संस्कृत विश्वविद्यालयबाट योग बिषयमा विद्यावारिधि गर्ने थर्कप्रसाद धमला रहेका छन् ।
यस्तै २०७४ सालमा नेपाल संस्कृत विश्वविद्यालयबाट अंग्रेजी बिषयमा विद्यावारिधि गर्ने जिल्लाका राम्जी तिमल्सिना र सन २०२० मा रेवा विश्वविद्यालयबाट व्यवस्थापन बिषयमा विद्यावारिधि गर्ने हिमाल भट्टराई रहेका छन् । ओखलढुंगाका पाँचैजना नेपाल विद्या भूषण (क) बाट विभूषित हुन् ।
विभूषित हुनेहरूमा नेपाल विद्या भूषण (क) तर्फ ओखलढुंगाका पाँच सहित ७९० जना, नेपाल विद्या भूषण (ख) तर्फ ७१, नेपाल विद्या भूषण (ग) तर्फ ४४ जना, नेपाल छात्रा विद्या पदक (क) तर्फ २८ जना, नेपाल छात्रा विद्या पदक (ख) तर्फ १८ जना र नेपाल प्रविधि विद्या भूषण तर्फ ११ जना गरी कुल ९ सय ६२ जनालाई विभूषित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया