वरिष्ठ कृषि प्राविधिक शशी शेखले विद्यार्थीलाई सहयोग गरेर आफ्नो जन्मदिन मनाएका छन् ।
ओखलढुंगाको सुनकोशी गाउँपालिका–७ को प्रबुद्ध माध्यमिक विद्यालय च्यानममा विगत पाँच बर्ष देखि वरिष्ठ कृषि प्राविधिकको रुपमा कार्यरत शेखले जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका हुन् ।
उनले कक्षा नर्सरी देखि तीन सम्मका ६० जना भन्दा बढी विद्यार्थीलाई कापी–कलम सहयोग गरेको विद्यालयका प्रधानाध्यापक टंकलाल गिरीले जानकारी दिए ।
फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री दिँदा उनीहरुको पठनपाठनमा सहयोग पुग्ने भएकाले आफुले सहयोग गरेको शेखले बताए ।
उनले अन्य समयमा पनि विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्नुको साथै विद्यालय पोशाक समेत सहयोग गर्ने गरेका छन्।
सर्लाही घर भएका शेख विगत लामो समय देखि च्यानममा शिक्षण सेवासँगै रहेर समाज सेवा पनि गर्दै आएका छन् ।
प्रतिक्रिया