ओखलढुंगामा तीन करोड ८४ लाख हिनामिना गरेर फरार भएका व्यक्ति पक्राउ

ओखलढुंगामा तीन करोड ८४ लाख हिनामिना गरेर फरार भएका व्यक्ति पक्राउ


भिजन समाचार
23.3k
Shares

ओखलढुंगामा तीन करोड ८४ लाख बढी रकम हिनामिना गरि फरार रहेका तत्कालीन सहकारी प्रमुख पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा आरम्भ चौतारी लघुबित्त बित्तिय संस्था लिमिटेड ओखलढुंगा शाखाका तत्कालीन प्रमुख ओखलढुंगाको साबिक बलखु गा.बि.स. वडानम्बर– ८ हाल सुनकोसी गाउँपालिका–१ बस्ने ३० बर्षीय ज्ञानिन्द्र सापकोटा हुन् ।

जिल्ला प्रहरी कार्यालय, ओखलढुंगामा वि.सं २०७९ चैत्र १५ गते बैकुण्ठ लुइटेलले दिएको जाहेरी दर्ता भइ बैकिङ कसुरमा उच्च अदालत बिराटनगरबाट पक्राउ आदेश जारी भएको थियो ।

खोज तलास गर्ने क्रममा प्रहरीले उनलाई यहि भाद्र १० गते काठमाण्डौंको बुढानिलकण्ठ नगरपालिका– १० कपनबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए ।

पक्राउ परेका सापकोटालाई सोमबार आवश्यक कानुनी कारबाहीको लागि उच्च अदालत बिराटनगर, मोरङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

उनले आफु शाखा प्रमुख रहेको अवस्थामा अन्य ब्यक्तिहरु समेतको मिलोमतोमा उक्त लघुबित्त संस्थामा आवद्ध विभिन्न समुहका २५७ जना सदस्यहरुको किर्ते तमसुक समेतका नक्कली कागजात तैयार गरी समुहका सदस्यहरुको तीन करोड ८४ लाख २९ हजार तीन सय ६० रुपैया हिनामिना गरेको आरोप लागेको छ ।