ओखलढुंगामा जग्गाको कित्ताकाट खुल्यो

ओखलढुंगामा जग्गाको कित्ताकाट खुल्यो



ओखलढुंगा । नेपाल सरकारले जग्गाको कित्ताकाट खुल्ला गरे सँगै ओखलढुंगामा पनि भाद्र ११ गतेबाट कित्ताकाट सम्बन्धि सेवा दिइने भएको छ ।
जिल्लामा आगामी सोमबार देखी जगा कित्ताकाट सेवा सुरु गरिने मालपोत कार्यालय ओखलढुंगाका प्रमुख निरकुमार ढुंगानाले बताए । कित्ताकाट सम्बन्धि सेवा प्रदान गर्न मन्त्रालयबाट परिपत्र भईसकेकोले नापी कार्यालय र मालपोत बिच साझा धारणा बनाएर कित्ताबाट सम्बन्धिका सेवा पनि प्रदान गरिने ढुंगानाको भनाई छ ।
कित्ताकाट खुले सँगै नागरिकहरुलाई आर्थिक कारोबार बढ्ने, नागरिकलाई सहज हुने र राजश्व संकलनमा पनि वृद्धि हुने ढुंगानाले बताएका छन् । जग्गाको कित्ताकाट नखुल्दा मालपोत कार्यालय ओखलढुंगा सहित देशैभरका मालपोतमा राजश्व संकलनमा भारी गिरावट आएको थियो ।