राष्ट्रिय कोटिहोम रथयात्रा ओखलढुंगा आईपुग्यो

राष्ट्रिय कोटिहोम रथयात्रा ओखलढुंगा आईपुग्यो


भिजन समाचार
9.3k
Shares

ओखलढुंगा । राष्ट्रिय कोटिहोमका लागि लड्केश्वर महादेवको रथयात्रा ओखलढुंगा आईपुगेको छ । नेपालको गौरव भनेकै धार्मिक परम्परा, सम्पदा, सँस्कृति र प्रकृति रहेकाले यि क्षेत्रको थप प्रचार प्रसार गर्ने उद्देश्यले रथयात्रा यहाँ आएको हो । विश्व हिन्दु महासंघको सहकार्य तथा ओमकार फाउण्डेशन र ओमकार टेलिभिजनको आयोजनामा ओखलढुंगा सदरमुकाममा आईपुगेको रथलाई जिल्लाबासीले भव्य स्वागत गरेका छन् ।
परम्परागत साँस्कृत बाजागाजा र झाँकीले रथलाई स्थानियले स्वागत गरेका थिए । सिद्धिचरण नगरपालिका–११ को पारस्पारिक सहायोगी गुठी, सिद्धिचरण नगरपालिका–१२ को जनहित गुठी र जनसेवा युवा क्लब रमाइलोडाँडाले नेवारी लाखे नाच सहित झाँकीले स्वागत गरेका थिए । मंगलबार साँझ पुजा आरती र बुधबार बिहान रुद्रि लगायतका धार्मिक कार्यक्रम हुने राष्ट्रिय कोटिहोम रथयात्राको ओखलढुंगा संयोजक मित्रा कार्कीले जानकारी दिइन् ।राष्ट्रिय धार्मिक साँस्कृतिक महिमा र गरिमालाई संसारभरी फैलाउने उदेश्यले वि.सं.२०८० माघ शुल्कपक्ष देखि काभ्रेको पनौती नगरपालिका–११ बनथली लडकेश्वर धाममा कोटिहोम आयोजना गर्ने उद्देश्यले विभिन्न जिल्लाहरुमा रथयात्रा गरिएको आयोजकले जनाएको छ ।
कोटिहोमका संकल्पकर्ता मुकुन्द शर्मा हुँमागाईको पहलमा काभ्रेको बनथलीमा १०८ फिट अग्लो शिवको त्रिशुल निर्माण गरिएको छ । जसमा २० हजार किलोभन्दा धेरै फलाम र तामाको प्रयोग गरिएको छ । पंञ्चाङ निर्णायक समितीको साईत अनुसार २०८० वैशाख २० गतेबाट रथयात्राको सुरुवात भएको थियो ।