ओखलढुंगा । एक महिनाको अवधिमा ५२० वटा सवारी साधन कारबाहीमा परेका छन् । आर्थिक बर्ष २०८०/०८१ को श्रावण महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ५२० सवारी कारबाहीमा परेका हुन् ।
सवारी कारबाही तथा जरिवाना बाट तीन लाख ६२ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सुचना अधिकारी चन्द्र बस्नेतले बताए । ट्राफिक नियम उल्लंघन गरि कारबाहीमा पर्ने सबै भन्दा बढी मोटरसाईकल रहेको बस्नेतको भनाई छ ।
२९९ वटा मोटरसाईकल कारबाहीमा परेका छन् । जिप/कार १६५, ट्रक २७ र १० वटा यात्रुबाहक बस, ट्याक्टर सात, ट्रिपर छ र छ वटै अटो/टेम्पो कारबाहीमा परेका छन् । साउन महिनामा जिल्लाको विभिन्न छ स्थानमा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ११ जना घाईते भएको बस्नेतले जानकारी दिए ।
सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले साउन महिनामा ६३ वटा सचेतनामुलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रतिक्रिया