ओखलढुंगामा हालसम्म छ हजार बढी पशुमा लम्पी स्किनको संक्रमण देखिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार जिल्लामा हालसम्म छ हजार ३०३ पशुमा लम्पीको संक्रमण भएको हो ।
केन्द्रको तथ्यांक अनुसार सबैभन्दा धेरै चिशंखुगढी गाउँपालिकामा दुई हजार ८५ वटा पशुमा यो रोगको संक्रमण भएको छ ।
यस्तै मानेभञ्ज्याङ गाउँपालिका एक हजार छ सय २५, लिखु गाउँपालिकामा ८५१, सुनकोशीमा ६५७, चम्पादेवीमा ५४२, सिद्धिचरण नगरपालिकामा ५०६, मोलुङ २८७ र खिजीदेम्बामा २१० पशुमा लम्पीको संक्रमण भएको छ ।
संक्रमण भएका मध्ये हालसम्म २०२ वटा पशु मरेको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ओखलढुंगाका सुचना अधिकारी धिरेन राईले जानकारी दिए ।
प्रतिक्रिया