ओखलढुंगा । यातायात व्यवस्था कार्यालय ओखलढुंगा रुम्जाटारले तीन करोड भन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७९÷०८० मा तीन करोड एक लाख ५३ हजार ४६८ रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।
आर्थिक वर्ष ०७९÷०८० को साउन देखि असार मसान्त सम्म सवारी साधन कर वापत सबैभन्दा बढी दुई करोड ४४ लाख ६७ हजार २९३ रुपैयाँ राजश्व सङ्कलन भएको कार्यालय प्रमुख गोपाल दाहालले बताए ।
यस्तै सवारी ईजाजत र सवारी चालक अनुमति पत्र (लाइसेन्स) दस्तुर वापत ९१ लाख ९८ हजार ७३५ रुपैयाँ, यातायात क्षेत्रको आम्दानी वापद चार लाख ५६ हजार ३४० रुपैया, यातायात व्यवसाय रजिष्ट्रेशन दस्तुर ३० हजार १०० र अनुगमन दण्ड जरीवाना वापत एक हजार गरि कुल तीन करोड एक लाख ५३ हजार ४६८ रुपैयाँ राजश्व सङ्कलन भएको कार्यालय प्रमुख दाहालले जानकारी दिए ।
अघिल्लो आर्थिक बर्ष २०७८÷०७९ मा मात्र एक करोड ८७ लाख राजश्व सङ्कलन भएको थियो । यस कार्यालयले वितरण सुरु गरेको पाँच महिनाको अवधिमा ६६६ जनाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनुभएको कार्यालयले जनाएको छ । कार्यालयले गत फागुन महिनाबाट लाइसेन्सका लागि आवेदन खुल्ला गरि चैत महिनाबाट लिखित र ट्रायल परिक्षा सुरु गरेको थियो ।
एक आर्थिक बर्षमा कार्यालयबाट दुई हजार ५४८ सवारी दर्ता नविकरण भएका छन् । २१६ सवारी नामसारी, १६५ सरुवा दर्ता, ११५ जाँचपास, ३० वटा रुट ईजाजत, १५ हेरफेर दर्ता र १३ सवारी पञ्जिकरण गरिएको कार्यालय प्रमुख दाहालको भनाई छ । ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र उदयपुरको उत्तरी क्षेत्रका नागरिकले यस कार्यालय बाट सेवा लिने गरेका छन् ।
प्रतिक्रिया