ओखलढुंगा । एक आर्थिक बर्षमा ओखलढुंगाका चार भन्दा बढिले हजारले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको तथ्यांक अनुसार आर्थिक बर्ष २०७९÷०८० मा चार हजार ६१६ जनाले राहदानी लिएका हुन् ।
राहदनी बनाउनेमा अधिकांश युवा र विद्यार्थीहरु हुने गरेको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रशासकीय अधिकृत रेवन्त दाहालले बताए । उच्च शिक्षा अध्ययन र रोजगारीका लागि विदेशीन राहदानी बनाउने युवाको संख्या बढी रहेको दाहालको भनाई छ ।
यसैबिच आव २०७९÷०८० मा पाँच हजार २४६ जनाले नयाँ नागरिकता लिएका छन् भने तीन हजार ५२ जनाले नागरिकताको प्रतिलिपी लिएका छन् । पाँच जनाले वैवाहिक अंगीकृत नागरिकता लिएको प्रशासकीय अधिकृत दाहालले जानकारी दिए । एक जनाले नागरिकता त्यागेका छन् ।
प्रतिक्रिया