७२ जना विद्यार्थीलाई राष्ट्रिय सेवा दल (एनसिसी) तालिम

७२ जना विद्यार्थीलाई राष्ट्रिय सेवा दल (एनसिसी) तालिम



ओखलढुंगा । जिल्लाका ७२ जना विद्यार्थीलाई नेपाली सेनाको राष्ट्रिय सेवा दल (एनसिसी) तालिम प्रारम्भ भएको छ । सिद्धिचरण नगरपालिका–५ मा रहेको राज्यलक्ष्मी माध्यमिक विद्यालय सानिटार र मानेभञ्ज्याङ गाउँपालिका–५ मा रहेको भगवती माध्यमिक विद्यालयका ७२ जना विद्यार्थीलाई नेपाली सेनाको राष्ट्रिय सेवा दल (एनसिसी) तालिम दिन थालिएको हो ।
प्रारम्भिक चरणमा दुवै विद्यालयका ३६/३६ जना छात्रछात्रा छनौट गरी ७९ दिनको संस्थागत तालिम र त्यस पश्चात् २१ दिनको वार्षिक सामूहिक क्याम्प तालिम सञ्चालन गरिने दुर्गा बक्स गण ओखलढुंगाका गणपति प्रेम बहादुर गिरीले बताए ।
सैनिक–नागरिक सम्बन्धको पाटो र युवा वर्गमा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्घि गरी असल नागरिक बनाई राष्ट्र विकासमा सहयोग गर्ने तालिमको उद्देश्य रहेको गणपति गिरीको भनाई छ ।