बरुणेश्वर माध्यमिक विद्यालयलाई ‘प्लस टु एक्सलेन्स एजुकेसन अवार्ड’ प्रदान

बरुणेश्वर माध्यमिक विद्यालयलाई ‘प्लस टु एक्सलेन्स एजुकेसन अवार्ड’ प्रदान


भिजन समाचार
424
Shares

ओखलढुंगा । बरुणेश्वर माध्यमिक विद्यालय रामपुरले ‘प्लस टु एक्सलेन्स एजुकेसन अवार्ड’ प्राप्त गरेको छ । केन्द्रबिन्दु डटकमले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा गुणस्तरीय र प्रविधिमैत्री शिक्षा प्रदान गर्दै आएको मोलुङ गाउँपालिका–२ रामपुरमा रहेको विद्यालयले उक्त अवार्ड प्राप्त गरेको हो ।
देशकै उत्कृष्ट २० सामुदायिक विद्यालय मध्ये बरुणेश्वर माध्यमिक विद्यालय पनि सम्मानित भएको प्रधानाध्यपक कुल प्रसाद खतिवडाले बताए । गुणस्तरीय शिक्षा, भर्नादरमा वृद्धि, एसईई र प्लस टु को नजिजामा आएको प्रगति, शैक्षिक क्रियाकलापमा अपनाइएका नविनतम उपाय लगायतको मुल्यांकनको आधारमा विद्यालयलाई अवार्ड प्राप्त भएको प्रधानाध्यापक खतिवडाको भनाई छ ।
सामुदायिक विद्यालयमा खस्कदो शैक्षिक गुणस्तर वृद्धिमा विद्यालयले गरेका प्रयासको मुल्यांकन भई सम्मानित हुँदा खुशी लागेको प्रधानाध्यापक खतिवडाले बताए ।