ओखलढुंगामा अपराधिक घटना न्युनिकरण

ओखलढुंगामा अपराधिक घटना न्युनिकरण


भिजन समाचार
4k
Shares

ओखलढुंगा । ओखलढुंगामा अपराधिक घटना न्युनिकरण भएको छ । जिल्लामा तीन आर्थिक वर्षको अपराधिक घटना विवरणको विश्लेषण गर्दा चालु आर्थिक वर्षमा कमि आएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० मा १४१ घटनाका मुद्दा कार्यालयमा दर्ता हुन आएका छन् ।
यसको तुलनामा आर्थिक वर्ष २०७८/०७९ मा १७७ र आर्थिक वर्ष २०७७/०७८ मा १७५ वटा मुद्दा दर्ता भएको तथ्याङ्क रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख एवम् प्रहरी नाउब उपरिक्षक दिपक बहादुर केसीले बताए । गाउँ गाउँमा प्रहरीले सञ्चालन गरेको नागरिक सचेतना अभियानले धेरै हदसम्म अपराधका घटना न्यूनिकरण गर्न सहयोग पुगेको प्रनाउ केसीको भनाई छ ।
प्रहरीले विशेष गरि अपराध र दुर्घटना न्यूनिकरणका लागि नागरिक सचेतनामा जोड दिएको केसीले बताए । जिल्लामा आत्महत्या, बलात्कार तथा यौनजन्य घटनाको दर उच्च रहेको ओखलढुंगा प्रहरी प्रमुख केसीले जानकारी दिए ।

साथै पछिल्लाे समय सामाजिक सञ्जाल मार्फत हुने अपराधिक घटनाकाे नयाँ रुप बढ्दाे क्रममा रहेकाे प्रनाउ केसीले बताए । यसको रोकथाम र न्युनिकरणका लागि सबै सरोकारवालाहरु एक जुट भएर लाग्न जिल्ला प्रहरी कार्यालयले आवह्वान गरेको छ ।