ओखलढुंगा । सर्वोच्च देखि जिल्ला अदालतसम्म दुई बर्षभन्दा पुराना मुद्दाको फछ्यौट गर्न बाँकी नरहेको प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले बताए । न्यायालयले ढिला गरि न्याय दिन्छन् भन्ने आरोप लाग्ने गरेकोमा पछिल्ला बर्षहरुमा न्याय सम्पादन तिब्र हुनेगरेको प्रधानन्यायाधिश कार्कीको भनाई छ ।
जिल्ला अदालत र उच्च अदालत विराटनगर अस्थायी ईजलासको अनुगमनका लागि ओखलढुंगा आएका प्रधानन्यायाधिश कार्कीले यस्तो बताएका हुन् । प्रधानन्यायधिश कार्कीको स्वागतका लागि सिद्धिचरण नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्ने कार्य प्रभावकारी र पारदर्शी भएको बताएका छन् ।
मुद्दाको पेसी व्यवस्थापन गर्ने कार्यक्रम गोला प्रक्रिया प्रभावकारी, निष्पक्ष र पारदर्शी भएको उनको दाबी छ । आफ्नो कार्यकाल छोटो समयका लागि भए पनि समग्र न्याय प्रणालीको सुधार र व्यवस्थापनमा ऐतिहासिक काम गर्ने प्रधानन्यायाधिश कार्कीले बताए । प्रधानन्यायधिश कार्कीसहित सर्वोच्च अदालतका प्रशासनिक टोली उदयपुर जिल्ला अदालतको भवन उद्घाटन गरेर ओखलढुंगा आएका हुन् ।
प्रधानन्यायधीश कार्की धर्मपत्नी सहित सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, सर्वोच्च अदालतका अनुगमन तथा महाशाखा प्रमुख सह–रजिष्ट्रार बाबुराम दाहाल सहित अधिकृतहरुको टोली जिल्ला आएको हो ।
प्रतिक्रिया