लम्पी स्कीन रोगले गोरु थलिदा रोपाइँ प्रभावित

लम्पी स्कीन रोगले गोरु थलिदा रोपाइँ प्रभावित


भिजन समाचार
1.1k
Shares

ओखलढुंगा । पशु चौपायामा लाग्ने लम्पी स्कीन रोगले गोरु विरामी पर्दा रोपाइँ प्रभावित भएको छ । असार अन्तिममा ओखलढुंगामा मात्र ३२ प्रतिशत रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाको तथ्याङ्क अनुसार मात्र ३२ प्रतिशत रोपाइँ सकिएको हो ।
‘अघिल्लो वर्षको यहि समयमा ४० प्रतिशत रोपाइँ सकिएको थियो,’ कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख हेम आलले बताए । रोपाइँको समयमा रोगले गोरु थलिदा र कम वर्षा भएका कारणले पनि रोपाइँ प्रभावित भएको आलेको भनाई छ ।
लम्पी स्कीन रोगका कारण जिल्लामा छ हजार बढी पशु संक्रममित भएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ओखलढुंगाका प्रमुख डा.सुशील अधिकारीले बताए । यस मध्ये करिब तीन हजार गोरु विरामी परेको अधिकारीको भनाई छ । जिल्लामा कुल चार हजार ४१० हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । अधिकांश स्थानमा हाते ट्याक्टर प्रयोग गरेर रोपाइँ भईरहेका छन् ।