ओखलढुंगा । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अनुसार ओखलढुंगामा ‘बी’ ग्रेड ल्याउने विद्यार्थीको संख्या बढी छ । ७८६ जना विद्यार्थीले ‘बी’ ग्रेड प्राप्त गरेका छन् ।
जिल्लामा यस वर्ष ‘ए प्लस’ ग्रेड अर्थात ४ जीपीए कुनै पनि विद्यार्थीले पाएका छैनन् । शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाका अनुसार जिल्लामा ५७ जना विद्यार्थीले ‘ए ग्रेड’ ल्याएका छन् । यसका साथै २९६ जनाले ‘बी प्लस’, ५९६ जनाले ‘बी’, ७८६ ले ‘सी प्लस’, ५५४ ले ‘सी’ ग्रेड प्राप्त गरेका छन् ।
२४३ जनाले ‘डि प्लस’, ५९ ले ‘डी’ र एक जनाले ‘ई’ ग्रेड प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगा प्रमुख नेत्रप्रसाद गजुरेलले बताए । जिल्ला बाट एसईईमा दुई हजार ५९२ जना परिक्षार्थी सहभागि भएका थिए ।
विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ‘ए प्लस’, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ‘ए’, ७० देखि ८० भन्दा कम ल्याउनेलाई ‘बी प्लस’ ग्रेड प्रदान गरिन्छ ।
त्यस्तै ६० देखि ७० भन्दा कम ल्याउनेलाई ‘बी’, ५० देखि ६० भन्दा कम ल्याउनेलाई ‘सी प्लस’, ४० देखि ५० भन्दा कम ल्याउनेलाई ‘सी’, ३० देखि ४० भन्दा कम ल्याउनेलाई ‘डी प्लस’, २० देखि ३० ल्याउनेलाई ‘डी’ र २० भन्दा कम ल्याउनेलाई ‘ई’ ग्रेड प्रदान गरिन्छ ।
प्रतिक्रिया