सहास मार्फत सुरक्षा निकायलाई विपद् प्रतिकार्य सामाग्री सहयोग

सहास मार्फत सुरक्षा निकायलाई विपद् प्रतिकार्य सामाग्री सहयोग



ओखलढुंगा । सहयोगी हातहरुको समूह (सहास) नेपालले सुरक्षा निकायलाई विपद् प्रतिकार्य सामाग्री प्रदान गरेको छ । बाढी, पहिरो, आगालगी र मनसुनजन्य विपद्का घटनामा प्रतिकार्यको कामलाई सहज बनाउन सुरक्षा निकायलाई विभिन्न उपयोगि सामाग्री प्रदान गरिएको हो ।
सहास नेपालले ब्रेड फर द वल्र्ड जर्मनीको आर्थिक सहयोगमा लिफ्ट परियोजना अन्तरगत विपद् प्रतिकार्यका लागि सिद्धिचरण नगरपालिका र जिल्ला विपद् व्यवस्थापन समितिको रोहबरमा खोज तथा उद्धार सामाग्री हस्तान्तरण गरेको छ । नेपाली सेनाको दुर्गाबक्स गण, जिल्ला प्रहरी कार्यालय ओखलढुंगा, सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म ओखलढुंगा र सिद्धिचरण नगरपालिकालाई विपद् प्रतिकार्य सामाग्री हस्तान्तरण गरिएको (सहास) नेपालका लिफ्ट परियोजना अधिकृत देवेन्द्र लामाले जानकारी दिए ।
दुर्गा बक्स गणलाई फायर एक्सटिङ्गुईसर छ किलोको चार थान, डाईनामिक रोप (लाईफ लाईन रोप) ५० मिटर, रपेलिङ रोप ५० मिटर, स्टिल क्याराभिना (३० केएन) छ थान, एसेन्डर (लेफ्ट र राईट) एक जोडी, सीट हार्नेस चार सेट, सिंगल पुल्ली दुई सेट, फूल बडी हार्नेस एक सेट, फिगर अईट दुई थान प्रदान गरिएको लामाको भनाई छ ।जिल्ला प्रहरी कार्यालयलाई फायर एक्सटिङ्गुईसर छ किलोको छ थान र फायर एक्सटिङ्गुईसर दुई किलोको चार थान र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मलाई फायर एक्सटिङ्गुईसर छ किलोको दुई थान र फायर एक्सटिङ्गुईसर दुई किलोको दुई थान साथै सिद्धिचरण नगरपालिकाको लागि फायर एक्सटिङ्गुईसर छ किलोको आठ थान र फायर एक्सटिङ्गुईसर दुई किलोको चार थान प्रदान गरिएको लामाले जानकारी दिए ।
विपद्मा खटिने सुरक्षा निकायहरुको खोज तथा उद्धार प्रभावरी र सहज बनाउन साथै धेरै जनधनको क्षति हुनबाट रोक्न एक लाख ९९ हजार बराबरको खोज तथा उद्धार सामाग्री हस्तान्तरण गरिएको लामाको भनाई छ । सहास नेपाल मार्फत प्राप्त सामाग्रीले सुरक्षा निकायलाई विपद्को समयमा खोज तथा उद्धार कार्यमा सहज हुने जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले बताईन् । विपद्मा खटिने सुरक्षा निकायलाई आवश्यक महत्वपुर्ण सामाग्रि सहयोग गरेर विपद्बाट हुने क्षती न्युनिकरण साथै उद्धार कार्यमा सहयोग पुग्ने काम गरेकोमा सहास नेपाललाई सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले धन्यवाद व्यक्त गरेका छन् ।