ओखलढुंगाका ८ स्थानीय तहको बजेट ४ अर्ब : प्राथमिकतामा कृषि

भिजन समाचार
32
Shares

ओखलढुंगा । ओखलढुंगाका ८ वटा स्थानीय तहले करिब ४ अर्बको बजेट ल्याएका छन् । आगामी आर्थिक वर्ष २०८०-८१ का लागि जिल्लाको १ नगरपालिका र ७ वटै गाउँपालिकाले ३ अर्ब ९६ करोड २३ लाख ५८ हजार ८ सय ४६ रुपैँया बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

सबैभन्दा बढी जिल्लाको एक मात्रै नगरपालिका सिद्धिचरण नगरपालिकाले ६८ करोड ५६ लाख ९९ हजार तीन सय बजेट ल्याएको छ । सबैभन्दा कम खिजीदेम्बा गाउँपालिकाले ४० करोड ४४ लाख ७९ हजार सात सय बराबरको बजेट प्रस्तुत गरेको छ ।

सुनकोशी गाउँपालिकाले ६० करोड ७१ लाख ४५ हजार एक सय, मानेभञ्ज्याङले ५० करोड ११ लाख ७६ हजार सात सय १५ रुपैंया, चम्पादेवीले ४६ करोड ४८ लाख ५४ हजार, मोलुङ गाउँपालिकाले ४५ करोड ११ लाख २६ हजार चार सय, चिशंखुगढीले ४२ करोड ५५ लाख १३ हजार एक सय र लिखु गाउँपालिकाले ४२ करोड २३ लाख ६४ हजार पाँच सय ३१ रुपैंया बजेट ल्याएको छ ।

जिल्लाका सबै स्थानीय तहले कृषि क्षेत्रलाई मुख