ओखलढुंगा । डिभिजन वन कार्यायले ओखलढुंगाले १३ हजार पाँच सय विरुवा वितरण गरिरहेको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रम अन्तरर्गत १३ हजार पाँच सय विभिन्न जातका फलफूलका विरुवा खरिद गरि निःशुल्क वितरण गरिरहेको छ ।
कवुलियति वन समूहलाई छ हजार फलफूलका विरुवा वितरण गरिने डिभिजन वन कार्यालय ओखलढुंगाका सूचना अधिकारी कृष्णदेव यादवले बताए । सुन्तला, कागजी, आँप, लिचि र एभोकाडो लगायतका फलफूलको विरुवा वितरण भईरहेको यादवको भनाई छ । बाँदरले किसानलाई दुःख दिने क्रम बढिरहेकोले बाँदरका लागि सामुदायिक वनहरुमा जामुन (फरिड), अम्बाको जातको फलको विरुवा रोप्ने तयारी भईरहेको सूचना अधिकारी यादवले जानकारी दिए । सुनकाेशी-माेलुङ् सव डिभिजन र सिद्धिचरण अन्तरर्गतका सामुदायिक वनहरुमा उपभाेक्ता मार्फत वृक्षाराेपण गरिने डिभिजन वन कार्यालय ओखलढुंगाले जनाएकाे छ । सामुदायिक वनहरुमा राेप्न सात हजार विरुवा खरिद गरी ल्याईएकाे बताईएकाे छ ।
प्रतिक्रिया