खानिभञ्ज्याङ प्रहरीलाई सुविधा सम्पन्न नयाँ भवन

खानिभञ्ज्याङ प्रहरीलाई सुविधा सम्पन्न नयाँ भवन


भिजन समाचार
0
Shares

ओखलढुंगा । खानिभञ्ज्याङ प्रहरी चौकीको सुविधा सम्पन्न पक्की भवन निर्माण सम्पन्न भएको छ । बुधबार नव निर्मित भवनको प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले एक कार्यक्रमको विच उद्घाटन गरेका छन् । भवन उद्घाटनका क्रममा डीआईजी बास्तोलाले अपराध न्यूनीकरणका लागि प्रहरीलाई नागरिकको साथ अत्यावश्यक रहेको बताएका छन् ।
नागरिक पनि बिना बर्दीको प्रहरी भएकाले अपराध न्यूनीकरण र समुदायमा शान्ति सुरक्षा कायम राख्न नागरिकको महत्वपुर्ण दायित्व रहने डीआईजी बास्तोलाको भनाई छ । अनुसन्धानलाई प्रभावकारी बनाउँदै, नागरिकसँगको सहकार्यमा अग्रीम कार्ययोजना बनाएर काम गर्न जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले निर्देशन दिएका छन् ।
नवनिर्मित भवनबाट प्रहरीले सेवा दिन र नागरिकले सेवा लिन सहज हुने चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताएका छन् । अपराध न्यूनिकरण र जनचेतना फैलाउने कार्यमा ओखलढुंगा प्रहरीले गरिरहेको प्रयास प्रभावकारी रहेको प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले बताईन् । जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी चौकीहरुको आफ्नै भवन नहुदा समस्या रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक दिपक बहादुर केसीले जानकारी गराए ।
कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुुन मन्त्रालयबाट विनियोजित एक करोड ७३ लाख ३५ हजार ४२२ रुपैयाँमा लागतमा खानिभञ्ज्याङ प्रहरी चौकीको भवन निर्माण गरिएको हो । उक्त भवन निर्माणको ठेक्का पाएको पुष्पाञ्जली पी.एस.जे.भी कम्पनी प्रा.लिले २०७६ जेठ २८ गते काम सुरु गरी २०७८ माघ २५ गते सम्पन्न गरेको थियो । प्रहरी कार्यालय, ब्यारेक र भान्साघर सहितको भवन बनेकोे छ ।