ओखलढुंगा । ओखलढुंगामा जारी कोशी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा ईलाम र संखुवासभा फाईनलमा पुगेका छन । सेमिफाईनलमा ईलामले ओखलढुंगालाई र संखुवासभाले खोटाङलाई हराउदै फाईनलमा पुगेका हुन् ।
यि दुई जिल्ला विच शनिबार विहान १०ः३० बजे फाईनल खेल हुने खेलकुद विकास बोर्ड कोशी प्रदेशले जानकारी दिएको छ । हार संगै ओखलढुंगा र खोटाङ सेमिफाईनल चरण बाट बाहिरिएका छन् । खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा गत असार ४ गते सोमबार देखी सिद्धिचरण नगरपालिका–१२ को ओखलढुंगा खेलमैदानमा प्रतियोगिता सञ्चालन भईरहेको छ ।
प्रतियोगितामा कोशी प्रदेशका १३ जिल्लाको सहाभागिता रहेको जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका अध्यक्ष प्रविन श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा विजयी समूहले नगद दुई लाख र उपविजेताले नगद एक लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया