पहिरोमा परि एकै परिवारका चार जनाको मृत्यु, ३४ जना विस्थापित

पहिरोमा परि एकै परिवारका चार जनाको मृत्यु, ३४ जना विस्थापित


भिजन समाचार
53
Shares

ओखलढुङ्गा । विहिबार राति परेको वर्षाका कारण गएको पहिरोमा परि एकै परिवारको चार जनाको ज्यान गएको छ । चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षिय रणबहादुर गुरुङको घर पहिरोले भत्काउदा रुङ सँगै उनकी २९ वर्षिय श्रीमती शिवमाया गुरुङ, १० वर्षिय छोरा दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिकाको ज्यान गएको हो ।
राती करिब ११ बजेको समयमा बस्ति माथिबाट आएको पहिरोले गुरुङको घर भत्किदा चारै जनाको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक दिपक बहादुर केसीले बताए । सोही ठाउँका बलबहादुर गुरुङ र जरसिंह गुरुङको घरमा पुर्ण रुपमा क्षति पुगेको प्रहरी नायब उपरिक्षक केसीको भनाई छ ।
गाउँ भन्दा माथिबाट आएको पहिरोका कारण अन्य दश घर उच्च जोखिममा परेका छन् । सो गाउँका ३४ जना विस्थापित भएका छन् । उनिहरुलाई नजिकै रहेको एक विद्यालयमा स्थान्तरण गरिएको प्रनाउ केसीले जानकारी दिए । २०७२ सालको भूकम्पका कारण गाउँ भन्दा माथिको भू–भाग चर्किएको र सोही स्थान बाट पहिरो सुरुभएको स्थानियको भनाई उदृढ गर्दै प्रहरीले जनाएको छ । उक्त गाउँ पहिरोको उच्च जोखिममा रहेको बताईएको थियो ।