ओखलढुंगा । ओखलढुंगामा जारी कोशी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा खोटाङ सेमिफाईनलमा पुगको छ । सुनसरीलाई ट्राईब्रेकरमा हराउदै खोटाङ सेमिफाईनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै समूह बाट एक एक गोल भएपछी खेल ट्राईब्रेकरमा पुगेको थियो ।
खोटाङ समूह बाट गोल रक्षक किरण राई उक्त खेलकाे उत्कृष्ठ खेलाडी घोषित भएका छन् । शुक्रबार हुने सेमिफाईनलको खेलमा खोटाङले संखुवासभाको सामना गर्ने छ ।
यस अघि ओखलढुंगा र ईलाम सेमिफाईनलमा पुगेका छन् । सेमिफाईनलको पहिलो खेल ओखलढुंगा र ईलाम विच र दोश्रो खेल खोटाङ र संखुवासभा विच हुने जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका अध्यक्ष प्रविन श्रेष्ठले जानकारी दिए ।
खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा सोमबार देखी सिद्धिचरण नगरपालिका–१२ को ओखलढुंगा खेलमैदानमा प्रतियोगिता सञ्चालन भईरहेको छ । प्रतियोगिता आगामी असार ९ गते शनिबार समापन हुने छ । खेलमा विजयी समूहले नगद दुई लाख र उपविजेताले नगद एक लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया