धनकुटालाई हराउदै ईलाम सेमिफाईनलमा प्रवेश

धनकुटालाई हराउदै ईलाम सेमिफाईनलमा प्रवेश



ओखलढुंगा । ओखलढुंगामा जारी कोशी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको विहिबार भएको क्वाटर फाईनलको खेलमा ईलाम विजयी भएको छ । ०–२ गोल अन्तरले धनकुटालाई हराउदै ईलाम सेमिफाईनलमा पुगेको हो ।
सेमिफाईनलमा ईलामले ओखलढुंगाको सामना गर्ने छ । प्रतियोगितामा ईलामका जर्सि नं.९ को विनोद धमला उक्त खेलमा उत्कृष्ट खेलाडी बनेका छन् । उनले नगद चार हजार पुरस्कार प्राप्त गरेका छन् । आजै क्वाटर फाईनलको अन्तिम खेल सुनसरी र खोटाङ विच हुने आयोजकले जनाएको छ ।
खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा सोमबार देखी सिद्धिचरण नगरपालिका–१२ को ओखलढुंगा खेलमैदानमा प्रतियोगिता सञ्चालन भईरहेको छ । प्रतियोगिता आगामी असार ९ गते समापन हुने छ । खेलमा विजयी समूहले नगद दुई लाख र उपविजेताले नगद एक लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछन् ।