ओखलढुंगा । जारी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा बुधबार तीन खेल भएका छन् । तीनवटै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । विहान ८ बजे ओखलढुंगा र झापा बिच भएको खेलमा ओखलढुंगा विजयी भएको छ ।
झापालाई हराउदै ओखलढुंगा सेमिफाईनलमा पुगेको छ । निर्धारित समयमा दुवै समूह बाट एक–एक गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । मध्यान्न १२ बजे तेह्रथुम र खोटाङ जिल्ला बिच भएको प्रतिस्पर्धामा खोटाङले तेह्रथुमलाई पेनाल्टी सुटआउटमा हराएको छ । निर्धारित समयमा दुवै टिम बाट एक–एक गोल भएको थियो ।
आजै भएको अन्तिम तथा तेस्रो खेलमा उदयपुरलाई पेनाल्टी सुटआउटमा हराउदै संखुवासभा विजयी भएको छ । निर्धारित समयमा दुईदुई गोलको बराबरी खेलेका दुवै समूहको खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । बिहीबार बिहान ८ बजे धनकुटा र इलाम तथा दिउँसो १२ बजे सुनसरी र खोटाङ बिच खेल हुने आयोजकले जनाएको छ । खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा सोमबार देखी ओखलढुंगामा प्रतियोगिता सञ्चालन भईरहेको छ ।
प्रतिक्रिया