ओखलढुंगा । ओखलढुंगामा जारी प्रदेश स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा झापालाई पेनाल्टी सुटआउटमा हराउँदै ओखलढुंगा जित हासिल गरेको छ ।
बुधबारको पहिलो खेलमा ओखलढुंगा र झापा बिच रोचक प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा एक-एक गोलको बराबरी भए पछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
पेनाल्टीमा झापालाई ५-४ गोल अन्तरले पराजित गर्दै ओखलढुंगा विजयी भएको हो ।
खेलमा ओखलढुंगाका खेलाडी रेवन्त मगर म्यान अफ द म्याच घोषित भएका छन् ।
बुधबार आज नै १२ बजे तेह्रथुम र खोटाङ तथा दिउँसो २ बजे संखुवासभा र उदयपुर बिचको प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको फाइनल खेल आगामी असार ९ गते हुनेछ ।
प्रतिक्रिया