नगर प्रहरीद्वारा ओखलढुंगाका पर्यटकीय क्षेत्रमा सरसफाइ

भिजन समाचार
20
Shares

ओखलढुंगा । सिद्धिचरण नगरपालिकाका नगर प्रहरीले बजार क्षेत्र, मन्दिर तथा पर्यटकीय स्थलमा सरसफाइ अभियान सञ्चालन गरेका छन् । नगर क्षेत्रलाई सफा, व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले नगर प्रहरीले विभिन्न स्थानमा सरसफाइ अभियान थालेका हुन् ।

अभियान अन्तर्गत सिद्धिचरण पार्कदेखि स्रष्टा पार्कसम्मको क्षेत्रमा रहेका फोहोर संकलन गरी व्यवस्थापन गरिएको छ । नगर प्रहरी टोलीले पार्क तथा आसपासका क्षेत्रमा सरसफाइ गर्नुका साथै सार्वजनिक स्थलमा फोहोर नगर्न आग्रह समेत गरेको छ ।

नगर प्रहरी प्रमुख सन्तोष अधिकारीका अनुसार नगर क्षेत्रको स्वच्छता कायम राख्न नियमित रूपमा सरसफाइ अभियान सञ्चालन भइरहेको छ । बजार क्षेत्रसँगै धार्मिक तथा पर्यटकीय स्थलको सरसफाइमा पनि प्राथमिकता दिइएको बताए ।

सिद्धिचरण नगरपालिकाले नगर क्षेत्रलाई स्वच्छ, व्यवस्थित र पर्यटकमैत्री बनाउन सरसफाइ अभियानलाई निरन्तरता दिने जनाएको छ । धार्मिक तथा पर्यटकीय स्थलमा बढ्दो चहलपहलसँगै फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन नगर प्रहरी परिचालन गरिएको नगरपालिकाले जनाएको छ ।