ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

भिजन समाचार
136
Shares

ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मानेभञ्ज्याङ–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही स्थानका २० वर्षीय रबिन पुलामी मगर रहेका छन् ।

ना १ लु ४ त १६७२ नम्बरको ट्याक्टरमा पाँच जना सवार रहेकोमा बुधबार बिहान करिब १० बजे दुर्घटना भएको हो । मानेभञ्ज्याङ ट्राफिक पोस्टका अनुसार राघापुरबाट अक्करे भिर नजिक ढुङ्गा लिन जाने क्रममा ट्याक्टर सडकबाट करिब पाँच सय मिटर तल खसेको हाे ।

दुर्घटनामा ट्याक्टर चालक २४ वर्षीय मिलन राईसहित तीन जना सकुशल रहेका छन् । दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।