ओखलढुंगा । भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको मोलुङ गाउँपालिका–५ गोगुनडाँडा बस्ने ३३ वर्षीय मोहन तामाङ भरुवा बन्दुक सहित पक्राउ परेका हुन् ।
उनको घरमा भरुवा बन्दुक रहेको गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटिएको थियो ।
खानतलासीका क्रममा तामाङको घरमा लुकाई राखिएको अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक शेखर कुमार साहले जानकारी दिएका छन् ।
प्रहरीले तामाङलाई नियन्त्रणमा लिएर उक्त हतियार बरामद गरेको छ । एकथान भरुवा बन्दुक र उक्त बन्दुकमा प्रयोग हुने बारुद समेत बरामद भएकोले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया