दश वटा हातहतियार नवीकरण

भिजन समाचार
0
Shares

ओखलढुंगा । ओखलढुंगामा आर्थिक वर्ष २०८२/०८३ मा १० वटा हातहतियारको इजाजतपत्र नवीकरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको वार्षिक प्रगति प्रतिवेदन अनुसार प्रचलित कानुन बमोजिम इजाजत प्राप्त हातहतियारको नवीकरण गरिएको हो ।

प्रशासनका अनुसार इजाजत प्राप्त हातहतियार तोकिएको अवधिभित्र अनिवार्य रूपमा नवीकरण गर्नुपर्ने व्यवस्था छ । नवीकरण प्रक्रियाले हातहतियारको अभिलेख अद्यावधिक गर्नुका साथै कानुनी निगरानीलाई प्रभावकारी बनाउन सहयोग पुग्ने जनाएको छ । साथै, हातहतियारको प्रयोग, संरक्षण तथा नवीकरण सम्बन्धी कानुनी व्यवस्था पालना गर्न सबै इजाजत धनीलाई प्रशासनले आग्रह गरेको छ ।

त्यस्तै, गत आर्थिक वर्षभर जिल्लामा विस्फोटक पदार्थ प्रयोगका लागि २ वटा नयाँ इजाजत दर्ता गरिएको छ भने १० वटा इजाजत नवीकरण गरिएको प्रशासनको प्रतिवेदनमा उल्लेख छ ।