ओखलढुंगा । आर्थिक वर्ष २०८२/८३ मा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७० जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाका अनुसार कारबाहीमा पर्नेमा मोटरसाइकल चालकको संख्या सबैभन्दा धेरै छ । मापसे कारबाहीमा परेका ७० जनामध्ये ५४ जना मोटरसाइकल चालक रहेका छन् ।
यस्तै, कार तथा जिप चालक ८ जना, ट्याक्टर चालक ४ जना, ट्रक चालक २ जना तथा ट्रिपर र अटो–टेम्पो चालक एक–एक जना कारबाहीमा परेका छन् ।
मापसे कारबाहीबाट ३८ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले ट्राफिक प्रहरीले मापसे नियन्त्रणका लागि नियमित तथा आकस्मिक चेकजाँचलाई निरन्तरता दिइरहेको जनाएको छ । प्रहरीले सवारी चालकलाई ट्राफिक नियमको पालना गर्नसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया