ओखलढुंगाबाट फरार प्रतिवादी रसुवामा पक्राउ

भिजन समाचार
38
Shares

ओखलढुंगा । जबरजस्ती करणी मुद्दामा वारदातपछि फरार रहेका एक प्रतिवादीलाई ओखलढुंगा प्रहरीले रसुवाबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सांकेतिक नाम २०८२/०८३ न ९ को जाहेरीले नेपाल सरकार वादी र दिलकुमार कार्की प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा कार्की वारदातपछि फरार रहेका थिए ।

खोजतलासका क्रममा उनलाई साउन १ गते रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४, स्याफ्रुबेँसी क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिए ।

पक्राउ परेका कार्कीलाई ओखलढुंगा ल्याई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनासँग सम्बन्धित थप विवरण भने गोप्य राखेको छ ।