मोलुङका किशोरीलाई आत्मरक्षा सीप

भिजन समाचार
0
Shares

ओखलढुंगा । मोलुङ गाउँपालिकाले किशोरीहरूको सुरक्षा, आत्मविश्वास र सशक्तीकरणका लागि आत्मरक्षा तालिम सञ्चालन गरेको छ । ‘सुरक्षित किशोरी : समृद्ध भविष्य’ नारासहित बरुणेश्वर माध्यमिक विद्यालय, रामपुरमा कक्षा ८ देखि १२ सम्मका ७७ छात्रा सहभागी छन् ।

विदद्यालयमा अध्ययनरत किशाेरीहरु सहभागी तालिममा तेक्वान्दो प्रशिक्षक अशेष श्रेष्ठ र सिताराम राईले जोखिमपूर्ण अवस्थामा आत्मरक्षा गर्ने व्यवहारिक सीप सिकाइरहेका छन् । गाउँपालिका शिक्षा शाखा प्रमुख सरस्वती पौडेलका अनुसार एक लाख बजेटबाट सुरु कार्यक्रम आगामी दिनमा अन्य विद्यालयमा पनि विस्तार गरिनेछ ।

गाउँपालिका अध्यक्ष उत्तम राईले किशोरीलाई आत्मनिर्भर र सुरक्षित बनाउन यस्ता तालिम आवश्यक रहेको बताए । उपाध्यक्ष उर्मिला खतिवडाले विद्यालयस्तरमै कार्यक्रम सञ्चालनले आत्मविश्वास बढाउने बताइन् । बरुणेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद खतिवडाले व्यवहारिक सीपले विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।