पाँच लाखमा चम्पादेवी परिसरमा ढुंगे धारा निर्माण

भिजन समाचार
88
Shares

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका–८ सल्लेरीस्थित चम्पादेवी माताको मन्दिर परिसरमा पाँच लाख रुपैयाँ लागतमा ढुंगे धारा निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा नगरपालिकाबाट विनियोजित बजेटमार्फत धारा निर्माण गरिएको वडा अध्यक्ष एकराज तामाङले जानकारी दिए ।

उनका अनुसार मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूले हातखुट्टा धोई स्वच्छ भई पूजा गर्न सकून् भन्ने उद्देश्यले धारा निर्माण गरिएको हो । धार्मिक आस्थासँगै सरसफाइलाई प्राथमिकता दिँदै निर्माण गरिएको ढुंगे धारा दर्शनार्थीका लागि उपयोगी बन्नेको आशा गरिएको छ ।

नवनिर्मित धाराले मन्दिर परिसरको सौन्दर्यसमेत वृद्धि गरेको छ ।