केतुकेकी सिर्जना तामाङ बैंकिङ कसुर मुद्दामा पक्राउ

भिजन समाचार
2.4k
Shares

ओखलढुंगा । बैंकिङ कसुर मुद्दामा फरार रहेकी ओखलढुंगाकी एक महिलालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मानेभञ्ज्याङ गाउँपालिका–४, केतुके निवासी अन्दाजी ३२ वर्षीया सिर्जना तामाङ रहेकी छन् । उनलाई ओखलढुंगा जिल्ला अदालतको २०८१ भदौ १७ गतेको फैसलाले २ हजार रुपैयाँ जरिवाना तथा १५ दिन कैद सजाय तोकेको थियो । तर फैसला कार्यान्वयनबाट बच्न उनी लामो समयदेखि फरार रहँदै आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरी टोलीले तामाङलाई चैत्र २९ गते काठमाडौं महानगरपालिका–७, चावहिलबाट पक्राउ गरेको हो ।

पक्राउ परेकी तामाङलाई चैत ३० गते जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा दाखिला गरिएको प्रहरीले जनाएको छ । अदालतको आदेशअनुसार उनलाई कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय ओखलढुंगा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विक्रम बहादुर भट्टराईले जानकारी दिए ।