लिखुका सबै माविमा समाजसेवी गोविन्द पौडेलद्वारा टी–सर्ट वितरण

भिजन समाचार
96
Shares

ओखलढुंगा । युवा समाजसेवी गोविन्द पौडेल (पेस्तोल) ले लिखु गाउँपालिकाभित्र रहेका सबै माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई टी–सर्ट वितरण गरेका छन् ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थीलाई विशेष प्राथमिकतामा राख्दै उनले शुभकामनासहित सामग्री वितरण गरेका हुन् ।

पालिकाभित्रका चिउरीडाँडा मावि, ज्ञान ज्योति मावि, भीमसेनस्थान मावि, यसम मावि, ग्रायुसि मावि, जाल्पा मावि, जनजीवन मावि तथा लेती मावि लगायत आठ वटा विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई सम्मानस्वरूप टी–सर्ट प्रदान गरिएको उनले जानकारी दिए ।

यसअघि पनि पौडेलले लिखु गाउँपालिकाका विभिन्न विद्यालयलाई खेलकुद सामग्री सहयोग गर्दै आएका छन् । शिक्षा तथा अतिरिक्त क्रियाकलापमा टेवा पु¥याउने उद्देश्यले आफूले निरन्तर सहयोग गर्दै आएको उनको भनाइ छ ।

स्थानीय तहमा शिक्षा क्षेत्रमा निरन्तर योगदान दिँदै आएका पौडेलको यस पहलले विद्यार्थीमा उत्साह थप्नुका साथै विद्यालयको शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पार्ने शिक्षक तथा सरोकारवालाहरूले बताएका छन् । पाैडेल नेपाली कांग्रेस प्रदेश महाधिवेश प्रतिनिधी र तरुण दलमा आवद्ध छन् ।