ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–५ शेर्ना पुरानागाउँमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । स्थानीय गीता कोइराला भट्टराईले स्वर्गीय आमा–बुवा र श्रीमानको स्मृतिमा शेर्ना आधारभूत विद्यालयमा उक्त कोष खडा गरेकी हुन् ।
‘गणेश–शिवकुमारी–विश्वनाथ भट्टराई शेर्ना पुरानागाउँ’ नाम दिइएको कोषबाट जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिने विद्यालयले जनाएको छ ।
कार्यक्रममा वडा अध्यक्ष अनिल भट्टराईले कार्यलाई प्रेरणादायी बताए भने विद्यालयले कोषको सदुपयोग गर्ने प्रतिबद्धता जनाएको छ । साथै, दीर्घकालीन सेवा गरेका शिक्षकहरूलाई सम्मान तथा बिदाइ गरिएको छ ।

प्रतिक्रिया