ओखलढुंगामा ‘गणपति ट्रफी–२०८२’ सुरु भएको छ । नेपाली सेनाको दुर्गा बक्स गण ओखलढुंगाको आयोजनामा प्रतियोगिता आइतबारदेखि सञ्चालनमा आएको हो ।
एक कार्यक्रमका बीच दुर्गा बक्स गणका गणपति प्रमुख सेनानी विजय प्रकाश आङ्देम्बेले प्रतियोगिताको उद्घाटन गरेका छन् । एक सातासम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, फुटबल, बास्केटबल, एथलेटिक्स, रिले दौड लगायतका खेलहरू समावेश छन् ।
गणपति प्रमुख सेनानी आङ्देम्बेका अनुसार गणभित्र रहेका ६ वटा गुल्मबीच आन्तरिक प्रतिस्पर्धा गराइनेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने गुल्मलाई पुरस्कृत गरिनुका साथै नेपाली सेनाको बाहिनीपति ट्रफी प्रतियोगितामा सहभागी गराइनेछ ।
नेपाली सेनाले सैनिकहरूको व्यावसायिक दक्षता अभिवृद्धि, खेलकुदमार्फत मानसिक तथा शारीरिक सशक्तीकरण र संगठनभित्र स्वस्थ प्रतिस्पर्धाको विकास गर्ने उद्देश्यले विगतदेखि नै ‘गणपति ट्रफी’ आयोजना गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया