खिजीदेम्बा : फुलमति मावि राष्ट्रपति रनिङ शिल्डको विजेता

भिजन समाचार
38
Shares

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा सम्पन्न मावि–स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा फुलमति माध्यमिक विद्यालय खिजीफलाटेले उपाधि हात पारेको छ ।

मंसिर ४ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा फुलमति माविले १० स्वर्ण, ७ रजत र २ कास्य गरी कुल १९ पदक सहित प्रथम स्थान हासिल गर्न सफल भयो ।

चण्डेश्वरी मावि, पोल्थलीले ७ स्वर्ण, ७ रजत र ५ कास्य गरी १९ पदकसहित द्वितीय स्थान प्राप्त ग¥यो ।

कुण्डली मावि, कुण्डलीले ५ स्वर्ण, ५ रजत र ६ कास्य गरी १६ पदकसहित तृतीय बनेको खिजीदेम्बा गाउँपालिकाका प्रवक्ता पासाङ निमा शेर्पाले जानकारी दिए ।

प्रतियोगितामा गाउँपालिकाका सात माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

छैटौँ, सातौँ र आठौँ संस्करणमा लगातार तीन वर्ष प्रथम स्थान सुरक्षित गर्दै फुलमति मावि खिजीफलाटेले रनिङ शिल्ड ट्रफी जोगाउन सफल भएको छ ।