सहिद–मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसः मोलुङका ५८ विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

भिजन समाचार
56
Shares

सहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवस २०८२ ओखलढुंगामा विद्यार्थीलाई सहयोग गरेर मनाइएको छ । दिवसका अवसरमा नेपाल निजामती कर्मचारी संगठन ओखलढुंगाले जिल्लाको मोलुङ गाउँपालिका–३ को चम्पादेवी आधारभूत विद्यालयका ५८ जना विद्याथीलाई शैक्षिक सामाग्री प्रदान गरिएको हो ।

स्मृति दिवसको अवसरमा संगठनले बर्षेनी सामाजिक काम गर्दै आएकोमा यस बर्ष भने विद्यार्थीहरुलाई कापी, कलम, पेन्सिल र ज्यामिती बक्स वितरण गरिएको नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय सदस्य सुजन घिमिरेले बताए ।


संगठनका जिल्ला अध्यक्ष रोजन खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उर्मिला खतिवडा, संगठनका पदाधिकारी, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी लगायतको सहभागिता थियो ।

निजामति कर्मचारीहरुको हकहितका लागि संघर्षका क्रममा शहादत प्राप्त गरेका खोटाङ्गका मनोज जोशी,पोखराका झपेन्द्र कार्की तथा मुगुका सुरेन्द्र विकलाई नेपाल सरकारको २०६४ माघ २२ को निर्णयबाट सहिद घोषणा गरिए पछि प्रत्येक वर्ष उनीहरुको स्मृतिमा नेपाल निजामती कर्मचारी संगठनले साताव्यापी कार्यक्रमको आयोजना गरि मनाउदै आएको छ ।