जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले एक करोड बढी राजश्व संकलन गरेको छ । यस आर्थिक वर्षको साउन देखि हालसम्म एक करोड आठ लाख ९९ हजार ५०४ रुपैयाँ राजश्व संकलन गरेको हो ।
राहदानी शुल्क, न्यायिक दण्ड, जरिवाना, जफत शुल्क, कम्पनी संस्था रजिष्टे«शन नवीकरण लगायतको शिर्षकबाट उक्त राजश्व संकलन भएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रशासकीय अधिकृत अनुप पौडेलले जानकारी दिए ।
यसैविच यस कार्यालय मार्फत एक करोड ८८ लाख ३५ हजार बराबरको राहत वितरण गरिएको छ । विभिन्न विपदमा परि ज्यान गुमाएका व्यक्तिका परिवार, घाइते तथा क्षति व्यहोरेका नागरिकलाई प्रशासनले राहत उपलब्ध गराएको हो ।
जिल्ला प्रशासन कार्यालयले सिधै पीडितलाई भन्दा पनि सम्बन्धित पालिका मार्फत राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताए ।
अहिले विपदजन्य घटनामा नगद र सामाग्री सहयोग प्रशासनले पालिकामा पठाउने भएकाले सम्बन्धित पालिका मार्फत समन्वय गरेर लिन प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया