ओखलढुंगामा संचालन हुन नसकेका उद्योगहरुको खारेजी संख्या बढ्दो अवस्थामा रहेको छ । चालु आर्थिक वर्षको ११ महिनामा ५८ वटा उद्योग खारेज भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय ओखलढुंगाले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा उद्योग तर्फ ३० वटा र वाणिज्य तर्फ २८ वटा गरी ५८ वाट उद्योग खारेज भएका छन् ।
त्यसै गत आर्थिक वर्षमा उद्योग तर्पm २६ वटा र वाणिज्य तर्फ २० वटा गरी ४६ वाट उद्योग खारेज भएका थिए ।
निश्चित प्रयोजनका लागि र अनुदानका लागि उद्योग तथा फर्म खोल्ने र खारेज गर्ने, वैदेशिक रोजगारीका जाने, पछिल्लो समय व्यापार व्यवसायमा गिरावट र काम गर्न नसकेर उद्योग खारेज गर्नेको सख्यां बढ्न थालेको हुन सक्ने घरेलु तथा साना उद्योग कार्यालय ओखलढुंगाका सूचना अधिकारी रविना राईले बताईन् ।
यस वर्ष उद्योगतर्फ ८३ वटा र वाणिज्य तर्फ ४७ वटा गरी कुल १३० वटा नयाँ उद्योग दर्ता भएका छन् । कार्यालयले सो अवधिमा २३ लाख बढी राजश्व संकलन गरेको छ ।

प्रतिक्रिया