सोलुका १६ जना युवालाई वेटर तालिम

भिजन समाचार
306
Shares

व्यवसायिक तथा सिप विकास तालिम केन्द्र ओखलढुंगाले सोलुखुम्बुका १६ जनालाई वेटर तालिम दिएको छ । केन्द्रले सोलुको सोलुदुधकुण्ड नगरपालिका– १० टाप्टिङका १६ जना युवालाई एक महिने निःशुल्क वेटर-वैट्रस तालिम प्रदान गरेको हो ।

केन्द्र र सोलुदुधकुण्ड नगरपालिका– १० नम्बर वडा आयोजनामा टाप्टिङका १६ जना युवालाई तालिम दिइएको केन्द्र प्रमुख जितेन्द्र राईले जानकारी दिए ।

पर्यटन व्यवसायी तथा होटल व्यावसायीलाई सिप सिकाएर पर्यटन क्षेत्रमा आयआर्जन बढाउने उद्देश्यले तालिम दिइएको उनको भनाई छ ।

गत बैशाख २२ गते देखि सुरु भएको एक महिने तालिम आइतबार समापन भएको छ । तालिममा आठ जना महिला र आठ जना पुरुष गरि १६ जना वडाका युवायुवति सहभागी भएको टाप्टिङका वडा अध्यक्ष होम बहादुर मगरले जानकारी दिए । तालिममा सहभागीलाई समापनका कार्यक्रमका बिच प्रमाण–पत्र प्रदान गरिएको छ ।