स्वयंसेवी अभियान नेपाल (भिन) ले विपदमा खटिने स्वयंसेवकलाई उद्धारका सामाग्री प्रदान गरेको छ । सिद्धिचरण नगरपालिकाका उप–मेयर केदारबाबु बस्नेत र भिनका अध्यक्ष भुपेन्द्र कुमार घिमिरे तीन वटा युव क्लबका विपद व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् ।
स्वयंसेवी अभियान नेपाल (भिन) को आयोजना र पाईसल युरोपियन सोलिडारीटी क्रप्सको सहयोग र ताइवान फन्ट फर चिन्ड्रेन एन्ड फ्यामलीको सहयोगमा १० लाख बराबरको सामाग्रीहरु वितरण गरिएको हो ।
जिल्लाको तलुवा, ठुलाछाप, भदौरे, असिने र खोटाङको रावावेसी बालकन्या भोर्लेनी स्कुल गरी २४ वाल विकास केन्द्रहरुका लागि शैक्षिक सामग्री, विद्यालयलाई खेलकुद, साम्राग्री, ४५ जना बालबालिकालाई पोशाक र शैक्षिक सामग्री, सार्वजनिक स्थानहरूमा प्रयोग हुने २०० लिटर क्षमताका १७ वटा डस्टबिन, विपद् व्यवस्थापन कार्यदलका लागि उद्धार उपकरण र सामग्रीहरु र बाल÷युवा क्लवहरुलाई खेलकुदका सामाग्रीहरु गरी वितरण गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।
समुदायमा सामाजिक समावेशीकरण, शिक्षा, स्वास्थ्य वातावरण सरसफाई, आपतकालिन सुरक्षा र युवाको सशक्तिकरणमा योगदान पूर्याउने उद्देश्यले भिनले यस किसिमका कार्यक्रम गर्दै आएको उनको भनाई छ ।

विगत १२ वर्ष लामो समय देखि भिजन सामुदायिक सेवा सशक्तिकरणको यात्रामा निरन्तर लागि परेकोले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिन सिद्धिचरण् नगरपालिकाका उप–मेयर केदारबाबु बस्नेतले बताए ।
सिनपा–२ को नराटीका सामुदायिक सिकाई केन्द्र निशंखेमा भएको कार्यक्रममा उप–प्रमुख बस्नेत, वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, राजनीतिक दलका प्रतिनिधि, बाल तथा युवा क्लबका युवाहरु, पत्रकार र परियोजनामा सहभागी परिवार गरी २५० जनाको सहभागिता भएको थियो ।


प्रतिक्रिया