सोलुमा अटो दुर्घटना, ओखलढुंगाका एक युवाको मृत्यु

भिजन समाचार
410
Shares

सोलुखुम्बुमा अटो दुर्घटना हुँदा ओखलढुंगाका एक युवकको घटनास्थलमै मृत्यु भएको छ । सोलुको सल्लेरीबाट ओखलढुंगातर्फ आउँदै गरेको अटो टेम्पो सोलुदुधकुण्ड नगरपालिका – ८ सिकारी डाँडामा दुर्घटना हुँदा ओखलढुंगाको मोलुङ गाउँपालिका–८ का २८ वर्षीय लाक्पा शेर्पाको घटनास्थलमै मृत्यु भएको हो ।

मधेश प्रदेश ०३–००२ स ९१९४ नम्बरको टेम्पो दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । अटो दुर्घटनामा ३५ वर्षीय मोलु–८ मिङमार शेर्पा, सोलुखुम्बु थुलुङ दुधकाशी गाउँपालिका – ६ मुक्लीका ३८ वर्षीय सवारी चालक राजेश बि.क, सोही ठाउँका ४० वर्षीय काजी राई गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यलयका सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईले जानकारी दिए ।

दुर्घटनाग्रस्त अटो सडकबाट अनियन्त्रित भई करिब एक सय ५० मिटर तल खसेको छ ।   दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयका सोलुखुम्बुले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाईते भएका तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल सोलुखुम्बुमा पठाइएको प्रहरीले जनाएको छ ।