ओखलढुंगाको सुनकोशी नदिमा हाम फालेका एक पुरुष बेपत्ता भएका छन् । आइतबार जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–७ माझिगाउँमा स्थित सुनकोशीमा नदिमा हाम फालेका अज्ञात व्यक्ति नदिले बगाएर बपत्ता भएका हुन् ।
अन्दाजी बर्ष ४५–५० कोे देखिने सेतो सट, निलो कालो पाइन्ट र फुस्रो क्याप लगाएको पुरुष हाम फालेर बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
पुरुष बेपत्ता भएको स्थानमा मकालु सफ्ट कम्पनीको एक जोडी चप्पल फेला परेको र बेपत्ता व्यक्तिको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया