लोकतान्त्रिक आदिवासी जनजाति महासंघ ओखलढुंगाको अध्यक्षमा कृष्ण क्याप्छाकी

भिजन समाचार
16
Shares

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ ओखलढुंगाको अध्यक्षमा कृष्ण बहादुर क्याप्छाकी मगर निर्वाचित भएका छन् । सदरमुकाममा शनिबार सम्पन्न महासंघको दोस्रो जिल्ला अधिवेशनले मगरको अध्यक्षतामा ३४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा कोयल मगर र सचिवमा दुर्गा बहादुर राईलाई सर्वसम्मत निर्वाचित गरेको छ । अन्य पदाधिकारी र चयन हुँन बाँकी सदस्य चयनको काम जिल्ला कमिटीको पुर्ण बैठकले निर्णय गर्ने अध्यक्ष मगरले जानकारी दिए ।

जिल्लामा आदिवासी जनजातिका हकहितका लागि एकतावद्ध भएर आवाज उठाउँदै पार्टीलाई थप मजबुत बनाउन समेत संगठन लाग्ने अध्यक्ष मगरले प्रतिवद्धता जनाएका छन् ।