ओखलढुंगा प्रहरीले गस्ती र सचेतना बढायो: ७ दिनमा २३ ठाउँ कार्यक्रम

भिजन समाचार
14
Shares

कानुनी अज्ञानताका कारण अपराधजन्य घटना बढ्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढंगाले सचेतनामा जोड दिएको छ । जिल्लाका आठ वटै स्थानीय तहको बस्ती, समुदाय तथा विद्यालयमा पुगेर प्रहरीले नागरिक लक्षित सचेतनामूलक अभियान सञ्चालन गरेको हो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत अपराध, लागुऔषध, लैगिंक हिंसा, बालविवाह, आत्महत्या, साइबर अपराध, घरेलु र दुर्घटना तथा सामाजिक कुरिती हटाउन

प्रहरीले नागरिकलाई सचेतना प्रदान गरेको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक मदन केसीले बताए ।

पछिल्लो समय यहि जेठ महिनाको १ गते देखि हालसम्म २३ वटा भन्दा बढी विभिन्न सचेतनामूलक कार्यक्रम भएका उनको भनाई छ ।  समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले सञ्चालन गरेको जनचेतनामुलक कार्यक्रमबाट करिब पाँच सय नागरिक सुसूचित भएका छन् ।

यस्तै पछिल्लो समय अपराध र लागु औषधका घटना न्यूनिकरणका लागि पनि विभिन्न सम्भावित क्षेत्रमा प्रहरी गस्ती बढाइएको जिल्ला प्रहरी प्रमुख केसीले बताएका छन् ।

सचेतना र प्रहरी गस्ती बढाउँदा अपराध तथा अपराधजन्य घटना न्यूनिकरण हुने भएकाले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।