विद्यालयबाट फर्किने क्रममा सुमोबाट झरेर मानेभञ्ज्याङमा एक विद्यार्थी घाइते

भिजन समाचार
20
Shares

विद्यालयबाट फर्कने क्रममा सुमोबाट झरेर मानेभन्ज्याङमा एक बालक घाइते भएका छन् । मानेभञ्ज्याङ गाउँपालिका–५ जेरुङडाँडा स्थित सिद्धिचरण लोकमार्गमा भगवती माध्यमिक विद्यालयबाट फर्कने क्रममा समोबाट झरेर मानेभन्ज्याङ–६ का १३ बर्षीय सबिन सार्की घाइते भएका हुन् ।

ओखलढुंगाबाट हिलेपानी तर्फ जाँदै गरेको तत्काल नंम्बर नखुलेको सेतो सुमोको पछाडी झुण्डि जाने क्रममा गाडिबाट लडि उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

उनका अनुसार घाईतेलाई प्रहरीद्वारा तत्काल उद्धार गरि उपचारको लागि ओखलढुंगा सामुदायिक अस्पतालतर्फ पठाइएको छ । घाइतेको टाउकोमा चोट रहेको र सुमोका चालक फरार रहेकोले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।